उपभापति खड्का कांग्रेसका कार्यवाहक सभापति
काठमाडाैं, चैत १८ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन्।प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण...
काठमाडाैं, चैत १८ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन्।
प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्लीतर्फ प्रस्थान गरेकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुन्जेलका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा आज (शुक्रबार) नयाँदिल्ली प्रस्थान गरेका हुन्।
प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











