Kathmandu Press

संस्कृति लोप हुनबाट जोगाउनु पर्छ : मुख्यमन्त्री राई

काठमाडौं, चैत १८ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कृति लोप हुनबाट जोगाउनुपर्ने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा...
संस्कृति लोप हुनबाट जोगाउनु पर्छ : मुख्यमन्त्री राई

काठमाडौं, चैत १८ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कृति लोप हुनबाट जोगाउनुपर्ने बताएका छन्। 

नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित प्रदेशस्तरीय वृहत वाङ्मय सङ्गोष्ठीको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए। ‘यस क्षेत्रमा किराँतको लामो इतिहास र सभ्यता रहेको छ,’ उनले भने, ‘भाषा, साहित्य र संस्कृतिको खोज एवं अनुसन्धान हुनुपर्छ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, रामबाबु दाहाल, हेमराज पौडेल र रामरिझन यादवले पनि आ–आफ्नो धारणा राखेका थिए । शनिबारसम्म चल्ने सो गोष्ठीमा सुनसरी, मोरङ र झापाका कवि, साहित्यकार, लेखक, संस्कृतिविद्, समालोचकको सहभागिता छ। 

कोसी क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा प्रा डा सोमप्रसाद खतिवडा, नेपालको इतिहासबारे प्रा डा टेकबहादुर श्रेष्ठ, किराँत जनजीवन र लोक साहित्यका विषयमा मधु केरुङले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। 

प्रकाशित मिति: १५:०७ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्