गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडाैं, चैत १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएकी छन्।प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारतको औपचारिक भ्रमणका लागि आज...
काठमाडाैं, चैत १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएकी छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारतको औपचारिक भ्रमणका लागि आज (शुक्रवार) भारततर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्न राष्ट्रपति भण्डारीले गृहमन्त्री बालकृष्ण खाणलाई कार्यवाहककाे जिम्मेवारी दिएकी हुन्।
नेपालको संविधानबमोजिम प्रधानमन्त्रीकै सिफारिसमा खाणलाई साे जिम्मेवारी दिइएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज एक विज्ञप्ति जारी गरेर त्यसबारे जानकारी दिएका हुन्।

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











