Kathmandu Press

सत्ता साझेदार दलले जिल्ला कार्यदल बनाएर तालमेल गर्ने : मन्त्री आले

सत्ता साझेदार दलले जिल्ला कार्यदल बनाएर तालमेल गर्ने : मन्त्री आले

काठमाडाैं, चैत १८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिए।
    
विराटनगर विमानस्थलमा आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताए।

उनले विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउन जग्गा अतिक्रमणका लागि मात्र  रु. १६ अर्ब विनियोजन भएको जानकारी दिए।  

एक प्रश्नको जवाफमा मन्त्री आलेले दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचलय, टर्मिनल भवन  र  लगेज बेल्टका लागि बजेट विनियोजन  गरेको बताए।

उनले  विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएको जानकारी दिए।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्