Kathmandu Press

सुनको मूल्यमा ८ सय रूपैयाँ वृद्धि

काठमाडाैं, चैत १८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ। पहेँलो धातु अघिल्लो...
सुनको मूल्यमा ८ सय रूपैयाँ वृद्धि

काठमाडाैं, चैत १८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ। 

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ९००मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार २०० छ। यसको मूल्य बिहीबार प्रतितोला रु. ९८ हजार ४०० थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार ३६० पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्