Kathmandu Press

अमेरिका र जापानले आसियान देशहरूलाई नयाँ आपूर्ति शृंखला प्रस्ताव गर्ने

टोकियो, चैत १८ : अमेरिका र जापानले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का सदस्यहरूलाई सेमिकन्डक्टर र अन्य रणनीतिक घटकहरूको अभाव रोक्न नयाँ आपूर्ति...
अमेरिका र जापानले आसियान देशहरूलाई नयाँ आपूर्ति शृंखला प्रस्ताव गर्ने

टोकियो, चैत १८ : अमेरिका र जापानले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का सदस्यहरूलाई सेमिकन्डक्टर र अन्य रणनीतिक घटकहरूको अभाव रोक्न नयाँ आपूर्ति शृङ्खला ढाँचामा सामेल हुन आग्रह गर्ने भएका छन्।

‘चीनमा निर्भरता घटाउनुहोस्,’ निक्की एसिया समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ। नयाँ इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क यस वर्षको अन्त्यमा अमेरिकाले सार्वजनिक गर्नेछ। यसका विवरणहरू खुल्न बाँकी छ। अमेरिकाले जापानी सरकारसँग मस्यौदा आदानप्रदान गरिसकेको छ।

जापानी समाचार एजेन्सीले जनाएअनुसार चीनलाई असन्तुष्ट पार्न र आसियान देशहरूलाई प्रोत्साहित गर्न सावधानीपूर्वक यसको परीक्षण गर्नुपर्छ।

प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, चैत १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्