दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु
साेल, चैत १८ : दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी सहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ। केटी-१ ट्रेनर...
साेल, चैत १८ : दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी सहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।
केटी-१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १:३६ बजे दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा तीनजनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएको बताइएको छ। अग्निनियन्त्रक अधिकारीहरूले उद्धारका लागि दुई हेलिकप्टर, १४ वटा गाडी र ३५ जना कर्मचारी घटनास्थलमा पठाएका छन्।
प्रकाशित मिति: १२:१७ बजे, शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












