Kathmandu Press

मोदीसँग प्रधानमन्त्री देउवाको भेट शनिबार बिहान ११ बजे, यस्तो छ भ्रमण तालिका

हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार बिहान ११ बजे द्वपक्षीय भेटवार्ता हुनेछ।
मोदीसँग प्रधानमन्त्री देउवाको भेट शनिबार बिहान ११ बजे, यस्तो छ भ्रमण तालिका

काठमाडौं, चैत १७ :  भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत प्रस्थान गर्दैछन्। नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे प्रधानमन्त्री देउवा भारत प्रस्थान गर्नेछन्। 

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा चार जना मन्त्रीसहितका प्रतिनिधि रहनेछन्।  परराष्ट्र मन्त्री नारायण खड्का, उर्जामन्त्री पम्फा भुसाल, कृषीमन्त्री महेन्द्र राय यादव र स्वास्थ्यमन्त्री विरोध खतिवडा प्रधानमन्त्रीसँगै भारत जानेछन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने शनिबार मात्रै प्रधानमन्त्री देउवाले भेट गर्नेछन्। यस्तो छ उनको तीन दिने भ्रमण तालिका :

शुक्रबार 

- भारतीय समय अनुसार दिउँसो २ : ५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल अवतरण। 

- अपराह्न ४ : ३० बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले दिल्लीस्थित होटल मौर्यमा शिष्टाचार भेट गर्ने। 

शनिबार 

- बिहान १० : ४० बजे प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्ने। 

- प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ११ : १० बजे हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुने। 

- मध्याह्न १२ : १५ बजे नेपाल र भारतबीच सम्झौतापत्रहरूमा हस्ताक्षर हुने। देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने। 

-अपराह्न १६ : ३० बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति नायडुसँग मौलाना आजाद रोडस्थित उपराष्ट्रपति  निवासमा शिष्टाचार भेट गर्ने। 

आइतबार 

बिहान ९ बजे वाराणसी पुग्ने। त्यहाँ आयोजना गरिने कार्यक्रममा सहभागी हुने। 

- अपराह्न ४ : ०० बजे वाराणसीबाट नयाँ दिल्ली फर्किने।

- अपराह्न ४ : १५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने।

प्रकाशित मिति: १२:१७ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्