Kathmandu Press

कैलालीमा १६ महिने बालिका बलात्कारको आरोपमा युवक पक्राउ 

काठमाडौं, चैत १८ : कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरेपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको...
कैलालीमा १६ महिने बालिका बलात्कारको आरोपमा युवक पक्राउ 

काठमाडौं, चैत १८ : कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरेपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो। 

पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएका थिए। उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १०:५६ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्