Kathmandu Press

एमाले अध्यक्ष अ‍ोली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल 

काठमाडौं, चैत १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ। बिहीबार राति नेपालगञ्जको स्नेहा होटलमा...
एमाले अध्यक्ष अ‍ोली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल 

काठमाडौं, चैत १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ। बिहीबार राति नेपालगञ्जको स्नेहा होटलमा ओली र राणाबीच भेटवार्ता भएको हो। 

भेटमा समसामयिक राजनीतिक परिस्थिती र आगामी स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। 

उनका अनुसार स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने विषयमा छलफल भएको हो। ‘छलफल प्रारम्भिक हो, यस विषयमा थप छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ,’ उनले भने। 

यसअघिको स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा एमाले र राप्रपाले तालमेल गरेका थिए। निर्वाचनको सम्मुखमै ओली र राणाले भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  
 

प्रकाशित मिति: १०:०८ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्