Kathmandu Press

प्रधानमन्त्रीले भारत भ्रमणबारे प्रतिपक्षीसँग छलफल र सरोकार नराखेको भन्दै असन्तुष्टि 

काठमाडौं, चैत १६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे असन्तुष्टि...
प्रधानमन्त्रीले भारत भ्रमणबारे प्रतिपक्षीसँग छलफल र सरोकार नराखेको भन्दै असन्तुष्टि 

काठमाडौं, चैत १६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे असन्तुष्टि जनाएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग कुनै छलफल र सरोकार नराखेको भन्दै असन्तुष्टि जनाएका हुन् । देउवाको भ्रमण निजी, पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् । 

उनले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन । त्यसैले स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ?’

प्रकाशित मिति: ०८:४२ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्