Kathmandu Press

पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना 

काठमाडौं, चैत १८ : प्रदेश १, मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।अन्य प्रदेशमा भने मौसम...
पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना 

काठमाडौं, चैत १८ : प्रदेश १, मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

अन्य प्रदेशमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १ तथा मधेश प्रदेश एवं बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। ती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

अन्यत्र भने मौसम सफा रहने छ । आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्यत्र सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

साथै तराई भूभागहरुमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको जनाएको छ । 

प्रकाशित मिति: ०७:४३ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्