गृहले गर्यो चार जिल्लाका सीडीओको सरुवा
काठमाडौं, चैत १७ : गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरुको सरुवा गरेको छ ।गृहमन्त्रालयका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल,...
काठमाडौं, चैत १७ : गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरुको सरुवा गरेको छ ।
गृहमन्त्रालयका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको हो ।
यसअघि बर्दियामा सीडीओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा ल्याईएको छ भने कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तथा अर्घाखाँचीका सीडीओ हरि प्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको छ ।
प्रकाशित मिति: १९:४३ बजे, बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











