कांग्रेसले स्थानीय तहमा पनि अविलम्व निर्वाचन परिचालन समिति गठन गर्ने
काठमाडौं, चैत १७ : सत्तारुढ नेपाली कांग्रेसको स्थानीय तहमा अविलम्व निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन...
काठमाडौं, चैत १७ : सत्तारुढ नेपाली कांग्रेसको स्थानीय तहमा अविलम्व निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।
कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले प्रदेश लगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्व गठन गर्ने निर्णय गरेको हो ।
यस्तै विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्व गठन गर्न पनि निर्देशन पनि दिएको छ । आवश्यक जिम्मेवारी बाँडफाँड गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुनका लागि पनि वैठकले निर्णय गरेको छ ।
आजको बैठकमा डा. प्रकाशशरण महत, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु वाँस्तोला र जीवन रानाले आ–आफ्नो धारणा राखेका थिए ।











