Kathmandu Press

नेपाल प्राकृतिक सम्पदाले धनी देश हो : अध्यक्ष तिमिल्सेना

पाल्पा, चैत १७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश भएर पनि गरिब हुनुनपर्ने बताएका छन। उनले देशलाई सधैँ हात...
नेपाल प्राकृतिक सम्पदाले धनी देश हो : अध्यक्ष तिमिल्सेना

पाल्पा, चैत १७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश भएर पनि गरिब हुनुनपर्ने बताएका छन। उनले देशलाई सधैँ हात थाप्ने मात्र होइन अब विकसित र समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताए।

पाल्पाको तानसेन नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेनबीच साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उनले नेपाली गरिब हुनुका कारण प्रत्येक जनताले उत्तर नेतासँग खोज्नुपर्ने बताए।

उनले नेपाल गरिब हुनुमा हामीले राणा, राजा निरङ्कुशता र बहुदललाई दोष दिएको चर्चा गर्दै देशमा जननिर्वाचित प्रतिनिधिबाट संविधान निर्माणपछि विकास समृद्धिको अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए।

नेपालमा प्रशस्त रोजगारीका अवसर सिर्जना गरी गरिबीको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो। नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने कला र संस्कृति प्रशस्त भएको बताए। उनले नेपाल कला संस्कृति, जातजाति भाषाभाषीको अध्ययन गर्ने खुला विश्वविद्यालय रहेको बताए।

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्