सार्वजनिक यातायातको भाडा बढ्यो, आइतबारबाट लागु हुने
काठमाडौं, चैत १७ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाएको छ ।मन्त्रालयले यात्रुवाहक तथा मालवाहक सवारी साधनको सार्वजनिक सवारीसाधनको भाडादर...
काठमाडौं, चैत १७ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाएको छ ।
मन्त्रालयले यात्रुवाहक तथा मालवाहक सवारी साधनको सार्वजनिक सवारीसाधनको भाडादर १० देखि १४ प्रतिशतसम्म बढाएको हो ।
यातायात व्यवस्था विभागका अनुसार रुटगत भाडादर आइतबार प्रकाशित गरिनेछ र सोही दिनबाट लागु हुनेछ । पटक-पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै यातायात व्यवसायीहरुले भाडादर समायोजन गर्ने माग राख्दै आएका थिए ।
व्यवसायीमाथि अत्याचार भएको भन्दै ७ चैतसम्म भाडा समायोजन नभए ८ चैतदेखि महासंघले अध्ययन गरी समायोजन गरेका आधारमा भाडा निर्धारण गरिने चेतावनी समेत दिएका थिए ।
स्थानीयस्तरका सवारीसाधनको भाडा भने अहिले नबढ्ने बताईएको छ ।
प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











