Kathmandu Press

लिखु तामाकोसी गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, चैत १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईं,...
लिखु तामाकोसी गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, चैत १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईं, लेखापालहरू तथा विभिन्न उपभोक्ता समितिका अध्यक्षहरुसमेत गरी २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विद्युतीकरण गर्दा ४ करोड २१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आज (बिहीबार) विशेष अदारत काठभाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

अध्यक्ष खड्का समेतको मिलेमतोमा लिखु तामाकोसी-१, ४ र ५ मा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा विद्युतीकरण  गर्ने क्रममा विद्युतीय सामान खरिद गर्दा खरिद समिति नबनाई टेन्डर तथा सूचना जारी नगरी आफूअनुकुलको उपभोक्ता समिति गठन गरी उक्त कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगको ठहर छ।

विद्युतीकरण योजना कार्यान्वयन गर्दा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्का, तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंक प्रसाद चौलागाई, लेखापाल दुर्गा बहादुर डिम्दोङ तामाङ, विद्युतीकरण उपभोक्ता समिति, लिखु तामाकोसी-५ (साबिक नागदह गाविस १-५) का अध्यक्ष वेत बहादुर पुँवारसहित कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापा मगर, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोसी-५ (साबिक नागदह गाविस ६-९) का विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङसहित कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङ, विद्युतीकरण उपभोक्ता समिति लिखु गाउँपालिका–४ (साबिक विजुलीकोट) का अध्यक्ष होम बहादुर महतसहित कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवार, पाइक कन्सट्रक्सन प्रालि महाराजगञ्जका सञ्चालक अमृत बहादुर तामाङ विरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

यसैगरी विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोसी–१ (साबिक दुरागाउँ गाविस १–३) का अध्यक्ष काजीबाबु थापासहित कोषाध्यक्ष तारा गुरुङ र सचिव युवराज सुनुवार, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोसी–१ (साबिक दुरागाउँ गाविस ४–६) का अध्यक्ष बुद्धिबहादुर तामाङसहित कोषाध्यक्ष मेनुका खड्का र सचिव अस्मिन रोका, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोसी–१ (साबिक दुरागाउँ गाविस ७–९) का अध्यक्ष प्रचण्ड सुनुवारसहित कोषाध्यक्ष घन्टिकादेवी सुनुवार र सचिव क्याल्बु तामाङ, थप विद्युत प्रसारण योजना उपभोक्ता समितिका अध्यक्ष अशोककुमार सुनुवार, कोषाध्यक्ष दिलमाया थापा र सचिव प्रकाश सुनुवार, लिखु तामाकोसी गाउँपालिकाका तत्कालीन लेखापाल नोर्बु लामाविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरुलाई अलगअलग बिगो कायम गरी मुद्दा दायर गरिएको हो।

कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरणजस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरीगराई सुरु विनियोजित रकमको जनसहभागिताको अंश र कन्टिन्जेन्सीको रकम समावेश नभएको लागत अनुमानहरु स्वीकृत गरी र अन्य विभिन्न शीर्षकको खर्चबाट गरिएको थप विद्युतीकरण कार्यको प्राविधिक लागत अनुमान बिना फेज परिवर्तन गराई बिना खरिद समिति ट्रान्सफर्मर, पोलजस्ता विशेष महत्वपूर्ण सामग्रीहरु सोझै आपुर्तिकर्ताबाट दररेट पेस गर्न लगाई खरिद गरिएको पाइएको आयोगको भनाइ छ।

आयोगका अनुसार विद्युतीकरणसम्बन्धी सामग्री उपभोक्ता समितिहरुका लागि विभिन्न फर्मको नामबाट कोटेसन लिएको देखाई एउटै व्यक्तिबाट आवश्यक पर्नेभन्दा अस्वाभाविक रुपमा बढी सामान खरिद ढुवानी गरी गराई त्यसमध्ये कतिपय सामान हिनामिना समेत गरी केही सामान अस्वाभाविक रुपमा बढी मूल्य तिरेको पाइएको छ।

प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्