मतगणनास्थलमा सिसी क्यामरा राखिने
काठमाडौं, चैत १७ : आगामी वपैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतगणनास्थलमा सिसी क्यामरा राख्ने व्यवस्था मिलाइने भएको छ।बिहीबार आयोजित निर्वाचन...
काठमाडौं, चैत १७ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे मतगणनास्थलमा सिसी क्यामरा राखिने भएको छ।
बिहीबार आयोजित निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम पौडेलेले त्यस्तो जानकारी दिएका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनावको मतगणनास्थलमा सिसी क्यामेरा राख्न ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको उनले जानकारी दिए।
निर्वाचन आयोगकै आग्रहमा मन्त्रालयले सिसी क्यामेरा राख्न निर्देशन दिँदै पत्राचार गरेको प्रवक्ता शर्माले जानकारी दिए।
कतिपय स्थानीय तहले मतगणनास्थलमा सिसी क्यामरा जडानको तयारीसमेत थालिसकेको आयोगले जनाएको छ। आयोगका अनुसार सिसी क्यामेरा राख्ने विषयमा स्थानीय तहबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
निर्वाचन आयोगको केन्द्रीय कायालयबाटै सिसी क्यामरामार्फत मतगणनाको मोनिटरिङ गरिने उनले बताए।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले नै किनेर सिसी क्यामेरा राख्दा चुनाव सकिएलगत्तै त्यसको उपयोगिता नहुने भएकाले सम्बन्धित पालिकाहरूलाई नै आग्रह गरिएको आयोगको भनाइ छ।











