Kathmandu Press

आजै एआइजीमा बढुवा भएका पन्त, सिंह र धानुकलाई दर्ज्यानी चिह्न

काठमाडौं, चैत १७ : अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका तीनैजनालाई आजै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।आज बिहान मन्त्रिपरिषद्को बैठकले पहिलो नम्बरमा वसन्त...
आजै एआइजीमा बढुवा भएका पन्त, सिंह र धानुकलाई दर्ज्यानी चिह्न

काठमाडौं, चैत १७ : डिआइजीबाट एआइजीमा बढुवा भएका तीनैजना प्रहरीलाई आजै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

आज बिहान मन्त्रिपरिषद्को बैठकले पहिलो नम्बरमा वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको थियो। 

प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

गृह मन्त्रालयको बढुवा समितिले गरेको मूल्यांकनमा पन्तले ७४.४३ अंक तथा सिंह र धानुकले क्रमशः ७३.१ र ७१.५८ प्राप्त गरेका थिए।

बढुवाप्रति असन्तुष्टि जनाउँदै डिआइजी धनश्याम अर्याल र प्रकाशजंग कार्की सर्वोच्च अदालत पुगेका छन्। अर्का डिआइजी इश्वरबाबु कार्की पनि अदालत जाने तयारी रहेको जनाइएको छ।

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्