Kathmandu Press

छापा मारिएको विरोधमा झापाका व्यवसायीहरूले गरे प्रदर्शन

झापा, चैत १७ : झापाको विर्तामोडस्थित एक पसलमा छापा मारिएको विरोधमा व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन्।आज (बिहीबार) दिउँसो राजस्व अनुसन्धान विभाग इटहरीस्थित कार्यालयले बिर्तामोडस्थित शाह...
छापा मारिएको विरोधमा झापाका व्यवसायीहरूले गरे प्रदर्शन

झापा, चैत १७ : झापाको विर्तामोडस्थित एक पसलमा छापा मारिएको विरोधमा व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन्।

आज (बिहीबार) दिउँसो राजस्व अनुसन्धान विभाग इटहरीस्थित कार्यालयले बिर्तामोडस्थित शाह कपडा पसलमा छापा हानेकाे हाे। प्रदर्शनकारीले बिर्तामोडमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

उद्योग वाणिज्य संघ विर्तामोडले व्यवसायीलाई बन्दुक देखाएर आतंकित पार्ने काम भएकाले आन्दोलित हुनुपरेको जनाएको छ।

एक बालक मात्र रहेको अवस्थामा विभागले छापा मारेको व्यवसायीहरुको भनाइ छ।

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्