Kathmandu Press

संसदबाट अनुमोदन हुँदैमा एमसिसी लागू हुन सक्दैन : विप्लव 

काठमाडौं, चैत १७ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा एमसिसी लागू हुन नसक्ने बताएका छन्, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय...
संसदबाट अनुमोदन हुँदैमा एमसिसी लागू हुन सक्दैन : विप्लव 
फाइल तस्बिर

काठमाडौं, चैत १७ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा एमसिसी लागू हुन नसक्ने बताएका छन्।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले नेपालमा साम्राज्यवादको अतिक्रमणलाई कुनैपनि हालतमा रोक्ने बताएका हुन्। अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताउँदै विप्लवले एमसिसीविरुद्ध मोर्चा बनाएर लड्नुपर्ने बताएका छन्। 

‘संसदको स्वीकृतिले एमसीसी लागू गर्न सकिँदैन, दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,’ विप्लवले भनेका छन्, ‘एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ,’ उनले भने। 

प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्