निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरु गम्भीर हुनुपर्छ : थपलिया
काठमाडाैं, चैत १७ : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता पालना गर्न स्वयं राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका छन्।बिहीबार ललितपुरमा आयोजित...
काठमाडाैं, चैत १७ : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता पालना गर्न स्वयं राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमा उनले सवै दलहरुसँग छलफल गरेर विज्ञलाई राखेर आचारसंहिता बनाएको भन्दै यसको पालना गर्न स्वयं राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका हुन्।
लोकतन्त्रको रक्षा र शासकीय स्वरुपको निष्पक्षताका लागि सबै मिलेर निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै थपलियाले निर्वाचनका क्रममा सामाजिक सञ्जालमा आचारसंहिता अनुगमन गर्न आयोगको नेतृत्वमा गृह मन्त्रालय, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरणलगायत सहभागी टोली गठन गरिएको र सामाजिक सञ्जालमा दिइने हेट स्पिचको निगरानी भइरहेको बताए।
उनले सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी गतिविधि गर्दा र अभिव्यक्ति दिँदा ध्यान दिन सुझाव दिए। राजनीतिक दललाई आफ्नै पहिचालन दिनका लागि आयोगले दर्ता भएका दललाई आफ्नै निर्वाचन चिन्ह दिन खोजेको उनले बताए।
उनले बिदेशमा रहेका नेपालीका लागि मतदानको व्यवस्था र नो भोटको व्यवस्था अहिले नै कार्यान्वयन गर्न अप्ठेरो रहेको भन्दै निर्वाचन सम्बन्धी छलफलमा यसलाइ प्राथमिकताका साथ उठाइने जिकिर गरे।











