Kathmandu Press

कोलम्बियामा विमानको आकस्मिक अवतरण : २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द

बोगोटा, चैत १७ : कोलम्बियामा मेडेलिन सहरनजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१,००० भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द...
कोलम्बियामा विमानको आकस्मिक अवतरण : २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द

बोगोटा, चैत १७ : कोलम्बियामा मेडेलिन सहरनजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१,००० भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्।

लाटम एयरलाइन्स एयरबस  ए ३२०(२०० को अगाडिको ल्यान्डिङ गियर मङ्गलबार दिउँसो टेकअफको केही समयपछि खस्दा विमानलाई रियोनेग्रो सहरको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणका लागि फिर्ता गर्न बाध्य पारेको थियो। आकस्मिक अवतरणका क्रममा कुनै पनि चोटपटक र क्षति भने नभएको बताइएको छ।

Hardik ivf

फाजार्डोले जनाएअनुसार रियोनेग्रो जाने  उडानहरू १२ घण्टा भन्दा बढी समयका लागि रद्द गरिएको थियो जसले गर्दा अन्य एयरपोर्टहरूमा विशेष गरी बोगोटाको एल डोराडो अन्तरराष्ट्रिय विमानस्थलमा ढिलाइ र रद्द गरिएको थियो।

‘अहिले विमानस्थल सामान्य अवस्थामा सञ्चालनमा रहेको छ भने ‘रद्द भएका १३६ उडान र यसबाट प्रभावित २१ हजार २ सय ४५ यात्रुको यात्रा सञ्चालनको क।रममा छ। फजार्दोका अनुसार आपतकालीन कारणहरू पत्ता लगाउन अनुसन्धान भइरहेको  छ।'

प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्