एआइजी बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा निवेदन
काठमाडौं, चैत १७ : नेपाल प्रहरीका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको निर्णयविरुद्ध तीन डिआइजी सर्वोच्च पुगेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले डिआइजीहरु धिरजप्रताप सिंह, वसन्त...
काठमाडौं, चैत १७ : नेपाल प्रहरीका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको निर्णयविरुद्ध तीन डिआइजी सर्वोच्च पुगेका छन्।
बिहीबारको मन्त्रिपरिषद् बैठकले डिआइजीहरु धिरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेलगत्तै असन्तुष्ट डिआइजीहरु उक्त निर्णयविरुद्ध निवेदन दिन सर्वोच्च पुगेका हुन्।
चैत्र १ गते गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले तीन डिआइजीइलाई एआइजी बढुवा गर्न सिफारिस गरेको थियो। आफूभन्दा कनिष्ठलाई एआइजी बढुवामा सिफारिस गरेको भन्दै तीन असन्तुष्ट डिआइजीहरुले लोक सेवा आयोगमा उजुरी दिएका थिए।
लोकसेवा आयोगले पनि गृहकै सिफारिस सदर गरेपछि बिहीबार मन्त्रिपरिषद्ले सिंह, पन्त र धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरिसकेको छ। उनीहरुलाई आजै दर्ज्यानी चिह्न दिइने तयारी छ।
प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











