Kathmandu Press

संविधानको रक्षा गर्नु सबै राजनीतिक दलहरूको जिम्मेवारी : खनाल

काठमाडौं, चैत १७ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानको रक्षा गर्नु सबै राजनीतिक दलहरूको जिम्मेवारी भएको बताएका छन्।रिपोर्टर्स क्लबको २४औं वार्षिकोत्सवका...
संविधानको रक्षा गर्नु सबै राजनीतिक दलहरूको जिम्मेवारी : खनाल

काठमाडौं, चैत १७ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानको रक्षा गर्नु सबै राजनीतिक दलहरूको जिम्मेवारी भएको बताएका छन्।

रिपोर्टर्स क्लबको २४औं वार्षिकोत्सवका अवसरमा आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्। उनले लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर बनाइएको संविधान तुलनात्मक रुपमा राम्रो भएको र यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए।

 ‘हामीले १० वर्ष लगाएर नयाँ संविधान बनायौं। यो संविधान निकै राम्रो छ। तर कुनै पनि संविधान आफैंमा अन्तिम हुँदैन। सकेसम्म यसको लामो आयु होस् भन्ने कामना गर्नुपर्छ। तुलनात्मक रुपमा हेर्दा अहिलेको संविधान राम्रो छ। यो संविधानमार्फत हामीले २०६२/६३ को जनक्रान्तिका उपलब्धिलाई संस्थागत गरेका छौं,’ उनले भने, ‘त्यसैले यो संविधानको रक्षा हामी सम्पूर्ण नेपाली र उनीहरूका प्रतिनिधिहरुका रुपमा रहेका सम्पूर्ण राजनीतिक दलहरूका निम्ति एउटा ठुलो जिम्मेवारी हो।’

उनले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्