Kathmandu Press

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्नेछ : मन्त्री कार्की

काठमाडौं, चैत १७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन्।आज...
प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्नेछ : मन्त्री कार्की

काठमाडौं, चैत १७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन्।

आज (बिहीबार) सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीको भ्रमणको भ्रमणका क्रममा नेपाल र भारतबीच देखापरेका समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक प्रयास हुनेछ।’

‘नेपाल र भारतको सम्बन्ध सरकार–सरकारबीच मात्रै नभएर जनता–जनताबीच समेत भएकले प्रधानमन्त्रीको भ्रमणले त्यस्ता सम्बन्धलाई प्रगाढ बनाउने, विकसित गर्ने र आपसी विश्वास बढाउने काम गर्ने उनको भनाइ थियो।

‘दुई देशबीच उत्पन्न समस्यालाई उच्चस्तरीय राजनीतिक र कूटनीतिक रूपमा हल गरेर आपसी सम्बन्धलाई थप सुदृढ बनाउने कार्यमा प्रधानमन्त्री देउवाको भ्रमणले सहयोग पुग्ने विश्वास लिइएकाे छ,’ उनले भने, 'परिणाम के  हुन्छ भन्ने पछ देखिने नै छ।'

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्