Kathmandu Press

दरबार हाईस्कुलमा रोबोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्ड उद्घाटन 

काठमाडौं, चैत १७ : भानु मावि (दरबार हाईस्कुल) मा रोबोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्डको उद्घाटन गरिएको छ। बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रयोगशाला...
दरबार हाईस्कुलमा रोबोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्ड उद्घाटन 

काठमाडौं, चैत १७ : भानु मावि (दरबार हाईस्कुल) मा रोबोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्डको उद्घाटन गरिएको छ। बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रयोगशाला तथा बोर्डको उद्घाटन गरेका छन्।

महानगरबाट प्राप्त ३८ लाख रुपैयाँ अनुदान रकममध्ये २१ लाख ८७ हजार २ सय ७५ रुपैयाँमा ६ वटा इन्टरएक्टिभ बोर्ड र १४ लाख ६ हजार ९१८ रुपैयाँमा रोबोटिक्सका सामग्रीहरु खरिद गरिएका हुन्।

यी सामग्रीको प्रयोग गरेर विद्यार्थीहरुले स्मार्टको नमुनासहित विभिन्न उपकरण बनाएका छन्। यसैगरी कक्षा सञ्चालन गर्दा शिक्षकहरुले इन्टरएक्टिभ बोर्ड सञ्चालन गर्न थालेका छन्। शिक्षकको निर्देशनमा विद्यार्थीहरु पनि बोर्डको प्रयोग गर्छन्। 

आधा दर्जन बढी चुनौतीको सामना गरेर विद्यालय पुनर्निर्माण गरिएको मेयर शाक्यले बताए। ‘२०७२ सालको भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माण गर्दा हामीले साबिकको दुई तलाबाट चार तला बनाएका हौं,' उनले भने।

दुई तला भएको पुरानो भवनजस्तै दुई तलाकै बनाउनुपर्छ भन्ने आवाज बलियो थियो। यसमा हामीले समयअनुसार स्तर बढाउनुपर्छ भनेर ४ तला बनाउने निर्णयमा अडिग रह्यौं।’

सामुदायिक विद्यालयको स्तर बढाउन काठमाडौं महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले, २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्धनका लागि आविष्कार क्लब (स्टिम क्लब) कार्यक्रम सञ्चालन गरिएको, नमुना विद्यालयका लागि लगानी बढाइएको जानकारी दिए। रोबोटिक्स कक्षा र इन्टरएक्टिभ बोर्डको प्रयोग भने दरबार हाई स्कुलमा मात्र गरिएको सुवेदीको भनाइ थियो। 

यस अघि इञ्जिनियरिङ् अध्ययनका लागि भर्ना हुने विद्यार्थी प्रयोग गर्न पाउने सामग्री तथा उपकरण हाम्रा विद्यालय उमेरका बालबालिकाले प्रयोग गर्ने भएका छन्। कार्यक्रममा बोल्दै विद्यालयकी प्रधानाध्यापक शारदाकुमारी पौडेलले, महानगरको सहयोगबाट प्राविधिक विषय अध्यापन गराउन पाएको  बताइन्। 

‘अब हामी शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्ने जनशक्ति उत्पादन गर्छौं,’ पौडेलले भने।  

१९१० असोज २७ गते दरबार हाई स्कुल स्थापना भएको हो। यसलाई १९३२ मा माध्यमिक तहमा स्तरउन्नति गरिएको थियो। १९४२ सालमा वीर शम्शेरले जनताका लागि पनि खुला गरेका थिए। उनकै पाला (१९४८) मा विद्यालयको स्थायी संरचना बनाइएको हो।

२०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको दरबार हाइस्कूल पुननिर्माणको काम भुकम्पीय विपत्तिपछि चीन सरकारको सहयोगमा भएको हो। ९ रोपनी जग्गाको ४ हजार २०० स्क्वायर मिटर क्षेत्रमा निर्माण भएको विद्यालयको पुननिर्माण लागत ८५ करोड रुपैयाँ हो। चार तले विद्यालय भवनमा ४५ वटा कोठा छन्। भवनको डिजाइन चीनको चाइना एभिएसन प्लानिङ् एण्ड डिजाइनिङ् इन्टिच्युटले गरेको हो। 

२० महिना पुननिर्माण अवधि लक्ष्य राखेर २०७५ साउन १८ गते एक औपचारिक कार्यक्रमकाबीच पुननिर्माणको काम थालिएको थियो। २०७७ कार्तिक ५ गते पुननिर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकालाई विद्यालय हस्तान्तरण गरेको हो। 

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्