सत्ता गठबन्धनको निर्णय : चुनावमा मिलेर जाने, ६ महानगरको उम्मेदवार केन्द्रबाट टुंग्याइने
देशभरका ६ महानगरको उम्मेदवार केन्द्रले टुंग्याउने र स्थानीय तहको हकमा भने तल्लो तहले नै निर्णय गर्न दिने र यसका लागि सबै दलको संयन्त्र बनाइने सहमति भएको छ।
काठमाडौं, चैत १७ : सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा एकतावद्ध भएर जाने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा एक भएर जाने सहमति गरेको हो।
नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनावमा एक भएर जाने सहमति भएको जानकारी दिए। उनले देशभरका महानगरको उम्मेदवार भने केन्द्रले टुंग्याउने सहमति भएको बताए। कुन महानगरमा कुन दलको उम्मदेवार उठाउने भन्ने टुंगो लाग्न बाँकी छ।
‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छ। महानगरको निर्णय माथिबाट टुंगो लगाइनेछ’, बैठकबाट बाहिरिने क्रममा नेता खनालले भने। अन्य स्थानीय तहको हकमा भने तल्लो तहले नै निर्णय गर्न दिने सक्ने बताउँदै त्यसका लागि सबै दलको संयन्त्र बनाइने बताए।
बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने खनालको भनाइ छ।
प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











