Kathmandu Press

सेतो पुलनजिकै फोहोरको थुप्रोमा भेटियाे नवजात शिशुको शव

काठमाडौं, चैत १७ : धोबीखोला कोरिडोरमा सेतो पुलनजिकै एक नवजात शिशुको शव फेला परेको छ।पुलनजिकै फोहोरको थुप्रोमा आज (बिहीबार) बिहान सो शव भेटिएको प्रहरीले...
सेतो पुलनजिकै फोहोरको थुप्रोमा भेटियाे नवजात शिशुको शव

काठमाडौं, चैत १७ : धोबीखोला कोरिडोरमा सेतो पुलनजिकै एक नवजात शिशुको शव फेला परेको छ।

पुलनजिकै फोहोरको थुप्रोमा आज (बिहीबार) बिहान सो शव भेटिएको प्रहरीले जनाएको छ। शव बालिकाको रहेको जनाइएको छ।

फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १३:०० बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्