Kathmandu Press

द्वन्द्वले रुस र युक्रेनको अर्थतन्त्र प्रभावित हुने

लन्डन, चैत १७ : रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ।पुनर्निर्माण र...
द्वन्द्वले रुस र युक्रेनको अर्थतन्त्र प्रभावित हुने

लन्डन, चैत १७ : रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ।

पुनर्निर्माण र विकासका लागि युरोपेली बैंकका अनुसार दुई देशबीचको युद्धले ५० वर्षका लागि 'सबैभन्दा ठूलो आपूर्ति झट्का' निम्त्याउनेछ। 

फेब्रुअरी २४ मा रुसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आक्रमण गर्नुअघि लन्डनस्थित युरोपेली बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले यो वर्ष युक्रेनी जिडिपी ३.५ प्रतिशतले वृद्धि हुने र रुसी अर्थतन्त्र तीन प्रतिशतले विस्तार हुने भविष्यवाणी गरेको थियो।

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, चैत १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्