‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने
काठमाडौं, चैत १७ : राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने भएको छ ।योसँगै राइडरले आफूले कमाएको सबै रकम आफूले नै राख्न...
काठमाडौं, चैत १७ : राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने भएको छ ।
योसँगै राइडरले आफूले कमाएको सबै रकम आफूले नै राख्न पाउने व्यवस्था गरिएको हो । विजनेश ग्रोथ कम्पनिले सञ्चालन गरेको यस एपमा अन्य राइड सेयरिङ एप भन्दा सस्तो पनि रहेको कम्पनीको दावी छ ।
कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ । साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजार भन्दा बढि कमाउने राइडरहरु पनि रहेका कम्पनीले जनाएको छ ।
एप चलाउन सजिलो हुनुका साथै निशुल्क तालिम, कमिशन दिन नपर्ने र बढी आम्दानी गर्न सकिने भएकाले राइडरहरु पनि ‘साहारा एप’ मा आकर्षित देखिएको कम्पनीले जनाएको छ ।
यस्तै, थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











