Kathmandu Press

नेपालमा श्रीलंकाको जस्तो अवस्था आउँदैन : प्रचण्ड

काठमाडौं, चैत १७ : नेकपा मोओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा श्रीलंकाको जस्तो अवस्था नआउने बताएका छन्।बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...
नेपालमा श्रीलंकाको जस्तो अवस्था आउँदैन : प्रचण्ड

काठमाडौं, चैत १७ : नेकपा मोओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा श्रीलंकाको जस्तो अवस्था नआउने बताएका छन्।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको आर्थिक स्थिती श्रीलंकाको जस्तै अवस्थामा पुग्ने चर्चा सुनिएपनि सम्हाल्न सक्ने अवस्थामा रहेको बताएका छन्।

देशमा संकट उत्पन्न हुँदा माओवादी केन्द्रले नै संकटमोचन गर्दै आएको बताउँदै अध्यक्ष प्रचण्डले अहिले देखिएको समस्या समाधानका लागि पहल सुरु भएको बताएका छन् 

‘भोलि अप्ठेरो स्थिति आउन सक्छ । तर, अहिलेको समस्या समाधानका लागि पहल सुरू भइरहेको छ,’  उनले भने, ‘गठवन्धनको नेताको हैसियतले भन्नुपर्दा यो स्थितिलाई हामी सम्हाल्नेछौं।’

उनले पछिल्लो अवस्थाबारे अर्थशास्त्रीसँग छलफल गरिरहेको जानकारी पनि दिए ।

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्