कांग्रेस गठबन्धनको पक्षमा छ : प्रधानमन्त्री देउवा
काठमाडौं, चैत १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धनको पक्षमा रहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले...
काठमाडौं, चैत १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धनको पक्षमा रहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेस गठबन्धनको पक्षमा रहेकोमा दुईमत नरहेको प्रष्ट पारेका हुन्।
उनले पार्टीको केन्द्रीय कमिटी बैठकले नै गठबन्धनलाई अगाडि बढाउने निर्णय गरेका कारण कुनैपनि हालतमा गठबन्धनको विपक्षमा नजाने बताएका हुन्। अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा कुनै दुई मत छैन’, प्रधानमन्त्री देउवाले भने।
उनले अप्ठ्यारा परिस्थितीलाई मिलाएर लैजाने काम प्रधानमन्त्रीको भएको हुँदा आफू कुनै हालतमा पछाडि नहट्ने बरु गठबन्धनलाई अझै बलियो बनाएर लैजाने बताए । गठबन्धनका बारेमा विभिन्न टिकाटिप्पणी भइरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसबारेमा कुनैपनि शंका नराख्न माओवादी केन्द्र लगायतका दलहरुलाई आग्रह गरेका छन्।











