Kathmandu Press

भारत भ्रमणमा प्रधानमन्त्रीसँगै कुनकुन मन्त्री जाँदैछन् ?

काठमाडौं, चैत १७ : प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रिहरुको टुंगो लागेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रिहरुको टुंगो...
भारत भ्रमणमा प्रधानमन्त्रीसँगै कुनकुन मन्त्री जाँदैछन् ?

काठमाडौं, चैत १७ : प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रिहरुको टुंगो लागेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रिहरुको टुंगो लगाएको हो। प्रधानमन्त्रीसँग परराष्ट्र मन्त्री नारायण खड्का, उर्जामन्त्री पम्फा भुसाल, कृषीमन्त्री महेन्द्र राय यादव र स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि भारत जाने भएका छन्। 

प्रधानमन्त्री देउवा भोलि भारत भ्रमणमा जाँदै छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार भेटवार्ता गर्नेछन्। भेटवार्ता सकाएर आइतबार स्वदेश फर्कने.कार्यतालिका छ।
 
 

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्