Kathmandu Press

पन्त, सिंह र धानुकलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको हो। 
पन्त, सिंह र धानुकलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय 

काठमाडौं, चैत १६ : सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ।  

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको हो। 

गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले चैत १ गते नै तीन जना डिआइजीहरुलाई एआइजी बढुवामा सिफारिस गरेको थियो ।  आफूभन्दा जुनियरलाई बढुवा गरेको भन्दै असन्तुष्ट डिआइजीले लोकसेवा आयोगमा उजुरी दिएका थिए। उजुरी परेपनि बुधबार आयोगले  बढुवा सिफारिसलाई सदर गरेको थियो। 

आयोगले सदर गरेको भोलिपल्टै सरकारले बढुवा गर्ने निर्णय गरेको हो। 
 
प्रकाशित मिति: ११:१९ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्