चार जिल्लाका सिडिओ फेरिए
काठमाडौं, चैत १७ : गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मन्त्रालयका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्युठानमा सुनिता नेपाल र अर्घाखाँचीमा शशिधर...
काठमाडौं, चैत १७ : गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।
मन्त्रालयका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्युठानमा सुनिता नेपाल र अर्घाखाँचीमा शशिधर घिमिरेलाई प्रजिअको जिम्मेवारी दिइएको हो।
कपिलवस्तुमा धर्मेन्द्रकुमार मिश्रलाई प्रजिअको जिम्मेवारी दिइएको छ। बर्दियामा कार्यरत सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पति व्यवस्थापन विभागमा सरुवा गरिएको छ।
कपिलवस्तुमा कार्यरत चक्रपाणि पाण्डे र प्युठानमा कार्यरत खिमराज भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । अर्घाखाँचीमा हरि प्रसाद घिमिरे कार्यरत थिए ।
प्रकाशित मिति: १०:५३ बजे, बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











