Kathmandu Press

चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं, चैत १७: आगामी स्थानीय चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे सत्तारुढ...
चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं, चैत १७: आगामी स्थानीय चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे सत्तारुढ गठबन्धनको बैठक बस्ने जनाइएको छ। आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँग चुनावको विषयमा छलफल हुने भएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित कार्यक्रममा पनि बिहीबार सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको बताएका थिए। आजको बैठकमा चुनावी तालमेलका विषयमा निर्णय हुने उनको भनाइ थियो। विशेष गरेर महानगर र उपमहानगरका केन्द्रबाटै तालमेल हुने प्रचण्डले बताएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको भ्रमणमा जाँदै छन्। त्यो भन्दा अघि नै तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पनि आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरेको थियो। महानगरपालिका र उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन गर्ने तयारी रहेको छ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका सत्तारुढ दल गठबन्धन गर्ने तयारीमा छन्।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) आवश्यकताअनुसार, गठबन्धन गर्ने भएका हुन्।

 

प्रकाशित मिति: ०७:११ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्