घाम तापेर बसेका जहाज अहिले उडिरहेका छन्: आले
काठमाडौं, चैत १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले थन्किएर बसेका नेपाल एअरलाइन्सका जहाजले अहिले उडान भरिरहेको बताएका छन्।काठमाडौंमा आयोजित एक...
काठमाडौं, चैत १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले थन्किएर बसेका नेपाल एअरलाइन्सका जहाजले अहिले उडान भरिरहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताए। उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको पनि जानकारी दिए।
काठमाडौं–दिल्ली हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने उनको भनाइ छ। मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताए।
आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजलाई अधिकतम समय आकाशमा उडाउने काम भएको जिकिर बताए। उनले भने, 'म मन्त्री हुनुभन्दा पहिले घाम तापेर बसेका जहाजलाई अहिले आकाशमा उडाउने काम गरको छु, नागरिकलाई सेवा दिनु मेरो कर्तव्य हो।'
पहिले चारदेखि पाँच घण्टा उडान भर्ने नेपाल वायुसेवा निगमका जहाजले अहिले १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको मन्त्री आलेको भनाइ थियो।











