नक्कली नागरिकता सिफारिस गरेको अभियोगमा स्याङ्जाका वडा अध्यक्ष पक्राउ
काठमाडौं, चैत १६ : नक्कली नागरिकता सिफारिस गरेको आरोपमा स्याङ्जाको आधिखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष बिष्णु खत्री पक्राउ परेका छन्...
काठमाडौं, चैत १६ : नक्कली नागरिकता सिफारिस गरेको आरोपमा स्याङ्जाको आधिखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष बिष्णु खत्री पक्राउ परेका छन् ।
वडा अध्यक्ष खत्रीले नागरिकताका लागि गलत व्यक्तिलाई सिफारिस गर्नुभएको बुझिएकोले सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जानकारी दिए ।
उनीसँगै नागरिकताको लागि निवे्दन दिने उक्त कार्यमा संलग्नलाई समेत सोधपुछको लागि ल्याईएको पौडेलले काठमाडौं प्रेससँग बताए । खत्री नेकपा एमालेबाट वडा अध्यक्षमा बिजयी भएका थिए ।
प्रकाशित मिति: २१:०६ बजे, बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












