Kathmandu Press

मध्य तथा पश्चिम भारतमा आगामी केही दिन थप गर्मी हुने

नयाँ दिल्ली, चैत १६  : देशभरको कडा र चर्को तापको लहरकाबीच भारतीय मौसम विज्ञान विभागले बुधबार आगामी ४ दिनसम्म मध्य र पश्चिम भारतमा...
मध्य तथा पश्चिम भारतमा आगामी केही दिन थप गर्मी हुने

नयाँ दिल्ली, चैत १६  : देशभरको कडा र चर्को तापको लहरकाबीच भारतीय मौसम विज्ञान विभागले बुधबार आगामी ४ दिनसम्म मध्य र पश्चिम भारतमा तातो हावा (लू) को कारण सामान्य जनजीवन प्रभावित बन्नसक्ने बताएको छ।

विभागले आगामी दिनमा राष्ट्रिय राजधानीको तापक्रम ४० डिग्री सेल्सियससम्म बढ्न सक्ने उल्लेख गरेको छ।

Hardik ivf

भारतीय मौसम विज्ञान विभागका अधिकारी आरके जेनामानीले भने, 'तापक्रम ३९देखि ४० डिग्रीसम्म बढ्न सक्ने देखिएको छ। उक्त क्षेत्रमा लूका कारण सामान्य जनजीवन प्रभावित भएको र धेरै मानिसहरू गर्मीका कारण दिउसोको समय घर बाहिर निस्कन कठीन भइरहेको छ। दिल्लीको तापक्रम बुधबार वा बिहीबारसम्म जारी रहनेछ।'

दिल्लीमा अप्रिल १ देखि तापक्रममा अलिकति गिरावट आएपनि गर्मी मौसमका कारण केही दिनमा फेरि तापक्रम उच्च बन्ने उनले बताए।

बङ्गालको खाडीदेखि उत्तरपूर्वी राज्यहरूमा निम्न ‘ट्रोपोस्फेरिक’ तहमा शक्तिशाली दक्षिण–पश्चिमी वायुको प्रभावमा मार्च ३१ देखि अप्रिल ३ को बीच अरुणाचल प्रदेश, असम–मेघालयमाथि पृथक भारी वर्षा हुने पूर्वानुमान पनि गरिएको छ।

प्रकाशित मिति: २०:२९ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्