कांग्रेसद्वारा स्थानीय तह निर्वाचन परिचालन समिति विस्तार, को–को परे ? (सुचीसहित)
काठमाडौं, चैत १६ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालन समिति विस्तार गरेको छ ।कांग्रेसको मंगलबार बसेको केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन...
काठमाडौं, चैत १६ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालन समिति विस्तार गरेको छ ।
कांग्रेसको मंगलबार बसेको केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन परिचालनको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको थियो । खड्काको नेतृत्वमा रहेको समितिमा ५५ जनालाई मनोनय गरेको हो ।
जसमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे , महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार सहित केन्द्रीय सदस्यहरु रहेका छन् ।
यस्तै स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक चैत्र बिहिबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने समेत कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: २०:२५ बजे, बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











