Kathmandu Press

वीरेन्द्रनगरका २० स्थानमा विश्रामस्थल

सुर्खेत, चैत १६ : पैदल र सवारीसाधनको प्रतिक्षामा बस्ने नागरिकको सुविधाका लागि वीरेन्द्रनगरका २० स्थानमा विश्रामस्थल निर्माण गरिएको छ। लामो तथा छोटो दुरीको...
वीरेन्द्रनगरका २० स्थानमा विश्रामस्थल

सुर्खेत, चैत १६ : पैदल र सवारीसाधनको प्रतिक्षामा बस्ने नागरिकको सुविधाका लागि वीरेन्द्रनगरका २० स्थानमा विश्रामस्थल निर्माण गरिएको छ। लामो तथा छोटो दुरीको यात्रामा निस्कने यात्रु र पैदलयात्रीका लागि विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले नगरका मुख्य २० स्थानमा विश्रामस्थल निर्माण गरिएको हो।

विभिन्न सरकारी एवं गैरसरकारी निकायको समन्वयमा वडा–६, ७ र ८ मा विश्रामस्थल सञ्चालनमा ल्याइएको छ। यहाँका मङ्गल गढी, आँखा अस्पताल, घण्टाघर चोक, खुलामञ्च क्षेत्रमा विश्रामस्थल निर्माण गरिएको छ।

Hardik ivf

अन्तरनिर्भर समाज कार्यकारी व्यवस्थापक विवेकजङ्ग शाहीले प्रतिविश्रामस्थल करिब रु ४७ हजार लागतमा निर्माण भएको जानकारी दिए। त्यस्तै सफा र सुन्दरनगर बनाउने उद्देश्यले नगरपालिकाको आग्रहमा नगरका १०० बढी स्थानमा ३०० थानफोहोर राख्ने प्लाष्टिकका बाल्टिन (डस्बिन) राख्ने लागिएको छ।

आत्मनिर्भर समाजका व्यवस्थापक शाहीका अनुसार एक स्थानमा तीन प्रकारका डस्बिन राख्न नगरपालिकाले स्थान तोकिसकेकाले पहिलो चरणमा १५ स्थानमा ४५ थानडस्बिन राख्न लागेको बताए। हरितनगर बनाउन वीरेन्द्रनगरका तीन वडामा फूलफुल्ने र फललाग्ने एक हजार प्रजातिका बिरुवा रोप्ने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १९:५३ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्