Kathmandu Press

पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम

झापा, चैत १६ : पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाको विर्तामोडमा आजदेखि दुईदिने खोज पत्रकारिता तालिम सुरु भएको छ।तालिममा जिल्लाका...
पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम
Hardik ivf

झापा, चैत १६ : पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाको विर्तामोडमा आजदेखि दुईदिने खोज पत्रकारिता तालिम सुरु भएको छ।

तालिममा जिल्लाका ३५ बढी पत्रकारको सहभागिता रहेको छ। सांसद जसमाया गजमेरको सांसद विकास कोषको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको आर्थिक सहयोगमा आयोजित तालिममा आसान्न निर्वाचनमा महिलाका सवालका मुद्दाहरू उठाइनेछ।  

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तालिम सफलताको शुभकामना व्यक्त गर्दै समाजमा विद्यमान विभेदको अन्त्य हुन जरुरी रहेको बताए। पत्रकार महासङ्घ झापाका उपाध्यक्ष केशव भट्टराईलगायतले शुभकामना व्यक्त गरे। नारी सञ्चार गृहले विगतदेखि नै पत्रकारलाई लक्षित गरेर तालिम, प्रशिक्षणलगायतका कार्यक्रम गर्दै आएको छ। आजदेखि सुरु भएको तालिम भोलिसम्म चल्ने संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले बताइन।

प्रकाशित मिति: १९:०२ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्