Kathmandu Press

इप्पानले चैत १९ मा विद्युतीय सवारीसाधनको र्‍याली गर्ने

काठमाडाैं, चैत १६ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले विद्युतीय सवारीसाधनको र्‍याली आयोजना गर्ने भएको छ।सरकारले महत्वकांक्षी नीति ल्याए पनि विद्युतीय...
इप्पानले चैत १९ मा विद्युतीय सवारीसाधनको र्‍याली गर्ने

काठमाडाैं, चैत १६ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले विद्युतीय सवारीसाधनको र्‍याली आयोजना गर्ने भएको छ।

सरकारले महत्वकांक्षी नीति ल्याए पनि विद्युतीय सवारीसाधनको संख्या लक्ष्यअनुसारको नबढेको भन्दै इप्पानले हिमालयन हाइड्रो एक्स्पोमा विद्युतीय सवारीसाधनको र्‍याली आयोजना गर्न लागेको हो। 

र्‍याली आगामी शनिबार (यही चैत १९ गते) काठमाडाैंकाे भृकृटीमण्डपबाट पहिलो जलविद्युत आयोजना रहेको स्थान फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमै आएर समापन हुनेछ। बिहान ७ बजे र्‍याली सुरु हुने इप्पानले जनाएको छ।

इप्पानका अनुसार र्‍यालीमा करिब दुई सय सवारीसाधन सहभागी हुनेछन्। ‘सरकारको लक्ष्य र अपेक्षाअनुसार विद्युतीय सवारीसाधन नबढिरहेको बेला सरकार र सरोकारवाला सबैलाई दबाब दिन र यसको प्रवद्र्धन गर्नका लागि र्यालीको आयोजना गरिएको इप्पान उपाध्यक्ष आशिष गर्गले बताए। 

र्‍यालीपछि हिमालयन एक्स्पोको उद्घाटन शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको इप्पान सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: १८:३० बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्