Kathmandu Press

एमाले सरकारका उपलब्धिलाई जनतामा लान अध्यक्ष ओलीको निर्देशन

काठमाडाैं, चैत १६ : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन्।आशन्न...
एमाले सरकारका उपलब्धिलाई जनतामा लान अध्यक्ष ओलीको निर्देशन

काठमाडाैं, चैत १६ : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन्।

आशन्न स्थानीय तहको निर्वाचनको प्रतिबद्धता–पत्र तयारीसम्बन्धी कार्यशालालाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर अघि आए पनि कुनै फरक नपर्ने गरी काम गर्न पनि आग्रह गरे। 

पार्टीका देशभरकै स्थानीय तह हेर्ने नेतृत्वलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, 'गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो। तर, यसले हामीलाई फरक पार्दैन। दिनदिनै हजारौँ मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ। हाम्रो विजय सुननिश्तित छ।'

एमालेका उपाध्यक्ष एवं घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेलले प्रतिबद्धतापत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै जनताका बीचमा पुग्न आग्रह गरे।

भर्चुअल बैठकमा पार्टीका स्थायी कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पार्टीका तर्फबाट गत निर्वाचनमा स्थानीय तहमा निर्वाचित पालिकाका प्रमुख सहभागी छन्।

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्