Kathmandu Press

प्राचीन कालीका मन्दिरको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

काठमाडाैं, चैत १६ : विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको काभ्रेको नमोबुद्ध–५ कानपुरस्थित ऐतिहासिक प्राचीन कालीका मन्दिरको पुननिर्माण सम्पन्न भएको छ।बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय...
प्राचीन कालीका मन्दिरको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

काठमाडाैं, चैत १६ : विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको काभ्रेको नमोबुद्ध–५ कानपुरस्थित ऐतिहासिक प्राचीन कालीका मन्दिरको पुननिर्माण सम्पन्न भएको छ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पूरातत्व विभाग र नगरपालिकाको ७५ लाखको लगानीमा पुनर्निर्माण गरिएको मन्दिरको उद्घाटन गरिन्।

१८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो। मन्दिर उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सम्पदाहरु अझ बलियो र स्थायी रुपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरहरुको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास बलियो धारणा राखे। 

उनले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त कालीदेवि मन्दिरको पुनर्निर्माणका लागि नगरपालिकाले देखाएको अग्रसरता प्रशंसनीय रहेको बताइन्। 

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्