Kathmandu Press

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई वैद्य र विप्लवले सम्बोधन गर्ने

काठमाडौं, चैत १६ : विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला बिहीबारदेखि सुरु हुँदैछ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १२ बजेदेखि...
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई वैद्य र विप्लवले सम्बोधन गर्ने

काठमाडौं, चैत १६ : विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला बिहीबारदेखि सुरु हुँदैछ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १२ बजेदेखि भेला सुरु हुने बताइएको छ। 

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष आहुतिले भेलामा नेपालको कम्युनिस्ट आन्दोलनको समिक्षासँगै प्रतिक्रान्तिका कारणहरुको पनि निर्मम समिक्षा हुने बताएका छन्। भेलाबाट नयाँ युगको नयाँ कम्युनिस्ट पार्टी निर्माणको संकल्प हुने समेत उनले जानकारी दिएका छन्। 

पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै आहुतिले भेलामा देशका ७० भन्दा बढी जिल्लाबाट प्रतिनिधि उपस्थित हुने बताएका छन्।  त्यस्तै भारत, युरोप, कोरिया र मध्य एसियाका देशहरुबाट समेत प्रतिनिधि उपस्थित हुने जानकारी दिएका छन्। 

भेलालाई नेपाल (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सम्बोधन गर्ने कार्यक्रम छ। 

भेलामा वैज्ञानिक समाजवादी संस्कृतिका केही आयामहरुको घोषणा, संकल्प र प्रयोग गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १७:११ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्