Kathmandu Press

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न एनएनआरएनएकाे आग्रह

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न एनएनआरएनएकाे आग्रह

काठमाडाैं, चैत १६ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित प्रतिनिधिमण्डलले हालै सम्पन्न दसौँ विश्व सम्मेलनमा उठेका विभिन्न सवालका बारेमा नेकपा एकीकृत समाजवादीलाई जानकारी गराएको छ।

बुधबार एनआरएनएको कार्यसमितिलाई बधाई दिन आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष कुल आचार्यको नेतृत्वको प्रतिनिधिमण्डलले सम्मेलनमा उठेका सवालमा सहकार्य र समन्वय गरिदिन आग्रह गरेको छ।

उनीहरुले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न आग्रह गर्नाका साथै १०० कोठाको अत्याधुनिक सुविधासम्पन्न वृद्धाश्रम निर्माणका लागि नेपाल सरकारसँग जग्गा उपलब्ध गराउन, गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको रु १० अर्बकोे सामूहिक लगानी कोषको कानुनी बाधाअड्चन फुकाउन सहजीकरण गरिदिन आग्रह गरेका छन्।

त्यस्तै वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम ल्याउन पहल गर्न र वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रतिअमेरिकन दुई डलर सङ्घको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुने गरी पहल गर्न सहजीकरणका लागि अनुरोध गरिएको छ।

सो क्रममा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले प्रतिनिधिमण्डलले अगाडि सारेका सवाल उपयुक्त रहेकाले तिनको कार्यान्वयन गर्न आफू सकारात्मक रहेको बताए। 

कार्यक्रममा एनआरएनएको महाधिवेशनबाट निर्वाचित अध्यक्ष रविना थापा र डा. बद्री केसीलगायत अन्य पदाधिकारी पनि सहभागी थिए। भेटका क्रममा नवनिर्वाचित कार्यसमितिलाई सम्मान, बधाई तथा शुभकामना दिइएको थियो।

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्