सर्लाहीका एसपी कृष्ण प्रसाईँ हटाइए, प्रविण पोखरेललाई जिम्मेवारी
काठमाडौं, चैत १६ : सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईलाई जिम्मेवारीबाट हटाइएको छ। सर्लाही पठाएको ६ महिनामै प्रहरी प्रधान कार्यालयले एसपी प्रसाईलाई...
काठमाडौं, चैत १६ : सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईलाई जिम्मेवारीबाट हटाइएको छ। सर्लाही पठाएको ६ महिनामै प्रहरी प्रधान कार्यालयले एसपी प्रसाईलाई जिम्मेवारीबाट हटाएको हो।
जनता समाजवादी पार्टीको संसदीय दलका प्रमुख सचेतक प्रमोद शाहमाथि भएको आक्रमणको घटनासँग जोडेर एसपी प्रसाईँलाई हटाइएको बताइएको छ। यद्यपि प्रहरीले भने यसबारे खुलाएको छ्रैन।
शाहमाथि आक्रमण भएपछि जसपा एसपी प्रसाईँसँग रुष्ट बनेको थियो। त्यसकारण एसपी प्रसाईँको सरुवा गरिएको अनुमान छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बनाएको आचारसंहिता अनुसार कुनै इकाइको नेतृत्व गरिरहेका प्रहरीलाई नहटाउने भनिएको थियो । तर आर्थिक अनियमिततामा मुछिए जुनसुकै वेला हटाउने सकिने भनिएको थियो ।
प्रहरी प्रधान कार्यालयले प्रसाईंलाई हटाएपछि उनको ठाउँमा एसपी प्रविण पोखरेललाई पठाइएको छ ।











