Kathmandu Press

भारत नियन्त्रित कश्मीरमा दुई आतंककारी मारिए

श्रीनगर, चैत १६ : भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाएको छ।भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन...
भारत नियन्त्रित कश्मीरमा दुई आतंककारी मारिए

श्रीनगर, चैत १६ : भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाएको छ।

भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरको रैनावरी क्षेत्रमा गोली हानाहान भएको हो। आज बिहान शहरको रैनावरी क्षेत्रमा आतङ्ककारी र प्रहरी र अर्धसैनिकको संयुक्त टोलीबीच गोली हानाहान भएको थियो।

विद्रोहीहरुको उपस्थिति रहेको सूचना दिने विशेष गुप्तचर सूचनाका आधारमा सरकारी सेनाको टोलीले सो क्षेत्रलाई घेरा हालेको थियो।

झडपमा सरकारी सेनालाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ। मारिएका लडाकुहरू स्थानीय कार्यकर्ताको रूपमा चिनिएका छन्।

कश्मीर भारत र पाकिस्तान बीच विभाजित हिमालय क्षेत्र, दुबैले पूर्ण रूपमा दाबी  गर्दै आएका  छन्। बेलायतबाट स्वतन्त्र भएदेखि विशेष गरी कश्मीरमा दुई देशले तीनवटा युद्ध लडेका छन्।

प्रकाशित मिति: १५:४१ बजे, बुधबार, चैत १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्